उर्लाबारी । गृहमन्त्रीको राजीनामा माग्दै झापाको दमकमा राष्ट्रिय बचाउ अभियान नेपाल तथा सचेत नागरिक समूहले प्रदर्शन गरेको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु थियो । सोहीको विरोधमा दमक चौकमा नाराबाजीसहित प्रदर्शन गरिएको हो । कार्यक्रममा अभियानका कोशी प्रदेश संयोजक दुरन राई, दमक संयोजक कुमार नेपाल, अभियान्ता समिर कुईकेललगायतले बोल्नु भएको छ ।























