उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार विरोध प्रदर्शन गरेको छ ।
मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरेको हो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ । दोषीलाई कार्वाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउन उक्त बिरोध प्रदर्शन गरिएको सदस्य सन्जय कुमालले जानकारी दिनुभयो । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत कँडेल , नगरसभापति उमेशजंग थापा, उपसभापति इन्दिरा कार्की, सचिव सुमन कार्कीलगाययतको सहभागिता रहेको थियो । उर्लाबारी–७ को बरगाछीबाट सुरु भएको ¥याली उर्लाबारी चौकमा पुगेर समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय