—जगन्नाथ भट्टराई

अग्निप्रसाद अधिकारी, स्थानीय निकाय कर्मचारी वृत्तमा नौलो नाम होइन । मुलुकका ८० हजार राष्ट्रसेवक कर्मचारी मध्ये अनुभवले खारिएकाअधिकारी केहीमहिना अघिदेखि इनरुवा नगरपालिका सुनसरीको प्रमुख प्रशासकीयअधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । उहाँ विकासप्रेमी अर्थात् स्थानीयको जनताको मन जित्ने प्रमुख प्रशासकीयअधिकृतको रुपमा चिनिनुहुन्छ । जहाँ बस्यो त्यस ठाउँगाउँको मुहार फेरेरै छोड्ने अठोट लिनुहुन्छ । केही देखिने गरिका काम गर्नु हुन्छ, दीर्घकालीन महत्व बोकेका काम गरेर स्थानीय नागरिकको मन मनमा पुग्नु हुन्छ । विकासलाई तीब्रता दिँदै प्रभावकारी सेवाप्रदान गर्ने अठोट उहाँमा पाइन्छ । जनताले अनुभूति गर्ने खालका काम गर्ने उहाँको बानी छ ।
निजामति सेवामा प्रवेश गरेको लामो समयमा उहाँ पहाड र तराई भेग सबैतिरको कामको अनुभव छ । उर्लाबारी नगरपालिका, खाँदबारी नगरपालिका, इलाम नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिकालगायतका तराई र पहाडी भेगमा बसेर विकासको मूल फुटाई उहाँ लोकप्रिय बन्नुभयो । तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय विकास अधिकारी भएर पनि उहाँले विभिन्न जिल्लामा काम गर्नुभएको थियो । नगरको दैनिक सेवा प्रवाह होस् या जनता र दलसँग समन्वय उहाँ ज्यादै प्रभावकारी काम गरेरै जनताबीच लोकप्रिय हुनुभएको हो । उहाँको अहोरात्र खटाइ र कार्यशैलीले नै जहाँ बस्यो त्यहीँका नगरले विकासमा फड्को मारेको त्यस क्षेत्रमा जनप्रतिनिधिअहिले पनि सम्झन्छन् ।
कसरी नगरबासी भएको अनुभूति दिलाउने त्यही चुनौती र ध्यानमा उहाँ दिनरात बिताउनु हुन्छ । योजना तर्जुमा होस् या कार्यान्वयन उहाँ भेदभाव कसैलाई गर्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘आफ्नो कार्यकालमै सीमित स्रोत साधनका बाबजुद नगरपालिकालाई उत्कृष्ट बनाउन खट्ने छु, जहाँ बसेर काम गरेँ, त्यहाँ उत्कृष्ट बनाएकै छु ।’ स्थानीय निकाय जनप्रतिनिधि नहुँदा त जहाँ बस्यो त्यहीँविकासमा छेलोखेलो पार्ने उहाँअहिले त जनप्रतिनिधिसँगको सल्लाह, सुझाव मार्ग निर्देशन, समन्वय हुँदा हाइसन्चो भएको बताउनुहुन्छ । जहाँ गयो त्यहीँदेखिने गरिको काम गर्ने अठोट लिनुहुने उहाँले उर्लाबारीमा रहँदा जग्गाको वर्गीकरण, पाँचवटाखानेपानीआयोजनालाई एउटै बनाउनेलगायतका कार्यमा लागेर काम पूरा गर्नुभयो । सकारात्मक सोचका धनी उहाँ नेपाल सरकारले लाए अराएको काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । ‘सरकारको काम गर्ने हो, जनताले सोधे भने जवाफदेही हुनुप¥यो’, उहाँभन्नुहुन्छ ।
हाल इनरुवा नगरपालिकाको विकास उत्थानका लागिअहोरात्र उहाँ खटिनुभएको छ । स्वास्थ्य, शिक्षा, कृषि हर क्षेत्रमा उहाँ दख्खल राख्नुहुन्छ । प्रायः सधैं कार्यालयमा देखिनुहुने अग्नि कर्मचारी माझ सुख दुःखका सारथी पनि हुनुहुन्छ । स्पष्ट र हक्की स्वभाव अधिकारीको विशेषता नै हो । सानाठूला योजना विकास आयोजना हुन् उहाँ गम्भीर तरिकाले कार्यान्वयनमा जोड दिनुहुन्छ । स्वास्थ्य, शिक्षा, पर्यटन विकास, महिला, दलित, आदिवासी, जनजातिका क्षेत्रमा उहाँले बजेटमा भेदभाव नगरी कार्यान्वयन गर्दै आउनुभएको छ । विकास भौतिक पूर्वाधार होस् या अन्य क्षेत्र समृद्ध नगर बनाउने स्थानीय तहको उद्घोष पूरा गर्ने अठोट उहाँमा देखिन्छ । जनप्रतिनिधि र कर्मचारी एउटै सिक्काको दुई पाटा भन्न रुचाउने उहाँ कर्मचारीले आफ्ना क्षेत्र अधिकारलाई मज्जाले बुझेर काम गर्नुपर्ने बताउनुहुन्छ । नियम कानुनमा बस्ने, नागरिकको सेवामा तत्पर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अहिले राजधानी र प्रदेशमा केन्द्रीत भएका कतिपय कर्मचारीको तुलनामा उहाँ स्थानीय तहमै बसेर काम गरेर नागरिकको मन जित्दै हुनुहुन्छ । ‘कामछल्न, सोर्स लगाउन मलाई आउँदैन’उहाँले प्रतिक्रिया दिनुभयो ।
जागिर मात्रखाने भन्दापनि योजना र बजेट पहल, निर्माण कार्यान्वयन, डिपिआर तयार, प्रस्ताव राखेर बजेट ल्याएर गाउँशहरको विकासमा सदैव चिन्तित उहाँले त्याग समर्पण लगनशील भएर राष्ट्र निर्माणमा लाग्नु पर्ने बताउनुभयो । अग्निप्रसादअधिकारीलाई एउटा असल, कुशल विकास योजनाकार भने पनि हुन्छ । उहाँ माष्टर प्लान र योग्य माष्टर माइण्ड भएको व्यक्तित्वको रुपमा हेरिन्छ । जसरी आकास फराकिलो छ, त्यस्तै प्रमुख प्रशासकीयअधिकृत अधिकारीको दिमाग फराकिलो रहेको उहाँलाई नजिकबाटजान्ने बुझनेहरु बताउँछन् । उहाँलाई धेरै प्रमुख प्रशासकीयअधिकृतले गुरु मान्ने गरेका छन् । लामो कुरा नगरी गुदी कुरा गर्ने, शीघ्र निर्णय र तीब्र विकासमा ध्यान दिने अधिकारीको संकल्प छ ।
इनरुवा नगरपालिकामाआएको छोटो समयमा उहाँले विभिन्न नयाँ कामको सुरुवात गर्नुभएको छ । इनरुवा नगरपालिकामा कर्मचारीदेखि शिक्षकसम्मको हाजिरीमाकडाइ गर्न थालिएको छ । जनताको सेवालाई चुस्तदुरुस्त पार्ने, कार्यालय समयको ख्याल गर्ने र ढिलो आउने र छिटो जाने जानेमाथि निगरानी गर्ने गरी कर्मचारीदेखि शिक्षकसम्मको हाजिरीमा कडाइ गर्ने भएको हो । अधिकारी इनरुवा आएलगत्तै जनताको सेवा गर्ने भएर जागिरमा रहनुभएका सबै कर्मचारीदेखि शिक्षकसम्मको इ हाजिरी हुने र त्यसमा कडाइ निर्णय गराउनुभएको हो । शिक्षामा सुधार ल्याउन र शैक्षिक गुणस्तर कायम गर्नका लागि प्रधानाध्यापकहरुबाट योजना माग गर्ने र योजनासहित कार्यान्वयनमा जाने तयारी गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय