उर्लाबारी । मोरङको उर्लाबारी–८ मा जंगली हात्तीको बथान नै आएपछि स्थानीय त्रसित बनेका छन् ।
विहानैदेखि उर्लाबारी–८ स्थित शान्ति क्षेत्र आधारभूत विद्यालय नजिकै रहेको निजी वन क्षेत्रमा ९ वटा हात्तीको बथान बसिरहेका छन् । विहानैदेखि हात्ती उक्त क्षेत्रमा बसिरहेका छन् । हात्तीले कुनै क्षति गरेको छैन । हात्ती हेर्ने स्थानीयको घुइचो लागिरहेको छ । विहान स्थानीय, प्रहरी प्रशासन र बन कार्यालयका कर्मचारीहरुले हात्तीले थपाउने प्रयास गरेपनि सफल बन्न सकेन । ठूलो संख्यामा हात्ती रहेका कारण उनीहरुलाई धपाउन नसकिएको हो । चारैतिरबाट स्थानीयबासीको भिड रहेकाले हात्ती बाहिर निस्कन नसकेको देखिन्छ । वन कार्यालयका कर्मचारी, प्रहरी प्रशासनलगायत हात्ती रहेको वन क्षेत्रमा मानिसलाई प्रवेश गर्न नदिन सचेत गराइरहेका छन् । हात्तीहरु मानिसको भीड देखेपछि अत्तालिएका छन् । वनभित्रै मानिसहरु प्रबेश गरेर हात्तीलाई जिस्काउन थालेपछि हात्तीले लखेटेको थियो ।























