उर्लाबारी । गत मंसिर २७ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा वाल भत्काउने बालकृष्ण कार्की पुगेर १५ दिनभित्र बनाउने प्रतिवद्धता जनाएर फर्किए । तर, वाल प्रतिबद्धता अनुसार उठ्न सकेको छैन ।
१५ दिन वित्यो तर, स्थानीय तह न बोल्छ, न त प्रहरीलाई नै चासो छ । त्यै चुप मै चुपको अवस्था छ । मोरङको उर्लाबारी–६ स्थित निर्माणाधिन उर्लाबारी बसपार्क वाल जग्गा व्यवसायी कार्कीले भत्काएका थिए । आफ्नो जग्गा वालले छेकेको भन्दै वाल दुई पटक वाल भत्काएका थिए ।
गत स्थानीय तहको निर्वाचन ताका नै कार्कीले बसपार्कको वाल भत्काइदिएका थिए । पहिलो चोटी वाल भत्काउँदै कसैले चासो दिएनन् । त्यसपछि केही महिनाअघि मात्रै पुनः उनले नै फेरि वस पार्कको वाल भत्काइदिए । यता उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले १५ दिनभित्र वाल निर्माण गर्ने कार्कीले प्रतिबद्धता जनाएको र काम पूरा नगरेको पाइए कानुन बमोजिक कार्वाही प्रक्रिया अघि बढाउने बताएका छन् । उनले भने–‘कानुन बमोजिम कार्वाहीको प्रक्रिया अघि बढाउँछु ।’
यता उर्लाबारी प्रहरीले भने नगरपालिकाले कानुन बमोजिम कार्वाही अघि बढाउन पत्र आए तत्काल पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय