उर्लाबारी । विहानैदेखि मोरङको उर्लाबारी–८ मा रहेको शान्ति आधारभूत विद्यालय नजिकै रहेको निजी वनमा एक हुल हात्ति छिरे । रतुवामाई हुँदै उर्लाबारी छिरेका हात्ती दिनभर सोही वनमा बसे । अहिले पनि सोही वनबाट हात्ति निस्केर हिँडेका छन् । चारैतिरबाट स्थानीयबासीले घेरेको कारण हात्ती पटक पटक बाहिर निस्कने प्रयास गरेपनि होहल्लाका कारण वन क्षेत्रमा नै अड्डा जमाएर बसेका थिए ।
दिनभर रमिता हेर्नेको भिड लाग्यो । इलाका प्रहरी कार्याल उर्लाबारी, सशस्त्र प्रहरी बेस क्याम्प, सव वन डिभिजन कार्यालय मंगलबारेलगायतको टोली दिनभर हात्ती भएकै क्षेत्रमा तैनाथ रहेका थिए । कुनै अप्रिय घटना नहोस् भनेर निकै चासोका साथ सचेतना जागृत गराउने काममा खटिएका थिए ।
रात परेपछि पनि हात्ती बाहिर निस्केर उर्लाबारी–८ शान्तिक्षेत्र आधारभूत विद्यालय दक्षिण जंगलमा रहेका हात्ती अहिले पश्चिम बक्राहा खोला तर्फ लागेको प्रहरीले जनाएको छ । ९ वटा हात्ती रहेका कारण पनि स्थानीय निकै त्रसित बनेको देखिन्छ ।























