टिका सिम्खडा, उर्लाबारी
धिमाल पत्रकार तथा साहित्य उत्थान मञ्चको तेस्रो राष्ट्रिय अधिवेशनबाट पुनः विजय धिमालको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।
उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालयको सभाहलमा भएको सो अधिवेशनले उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल, महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल र कोषाध्यक्षमा प्रिया धिमाललाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गोविन्द धिमाल, काजल धिमाल, अन्जली धिमाल र रोशन धिमाल सर्वसम्मत चयन भएको छ । दुई जना पहिलो बैठकले मनोनित गरिने मञ्चका अध्यक्ष विजयले जानकारी दिनुभएको छ ।























