उर्लाबारी । मोरङको उर्लाबारी वडा नम्बर ३ ले सार्वजनिक स्थानमा लुडो र क्यारेम बोर्ड खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै चौतर्फी आलोचना भएको छ ।
आइतबार वडा कार्यालयमा बसेको वडा समितिको बैठकले सो निर्णय गरेको थियो । ती खेलहरूमा युवाहरू घन्टौंसम्म बस्ने र राति अबेरसम्म होटलमा बसेर झैंझगडा तथा लागूऔषध प्रयोगका घटनाहरू बढेको गुनासो आउन थालेपछि उक्त निर्णय लिइएको वडाध्यक्ष भीष्मराज बुढाथोकीले बताउनुभएको थियो । बैठकले ८ बजे राति होटल बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जालमा वडाध्यक्ष बुढाथोकीको चर्को आलोचना भइरहेको छ ।























