उर्लाबारी । नेकपा माओवादी केन्द्रमा उर्लाबारीका युवा राकेश सिटौलाको नेतृत्वमा ३० जना प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी, जनजनमा माओवादी अभियान समापनको अवसरमा ३० जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य बाबुराम गौतमले सिटौलासहित निश्चल पौडेल, देव थापा, सञ्जय आचार्य, रोहित रिजाल, मिलन प्रसाई, कुशल दाहाल, प्रेम पौडेल, अमित राउत, दिपक रिजाल, सञ्जय धिमाललगायत ३० जना युवा पार्टीमा स्वागत गर्नुभएको थियो । वाइसिएल मोरङका इन्चार्ज दिपक आलेको समन्वयमा युवाहरु माओवादीमा प्रदेश गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश सचिवालय सदस्य प्रेम मिभक, तारिलाल धिमाल, जिल्ला सदस्य शिला भट्टराई, पदम राईलगायतले बोल्दै पार्टीलाई सशक्त रुपमा अघि बढाउन सबै एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । पार्टीका नगर अध्यक्ष गजेन्द्र दंगालको सभापतित्व एबं सचिब पवन चौधरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खगेन्द्र पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो ।























