दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । प्रेस चौतारी नेपालको कोशी प्रदेश सदस्य विजय धिमाल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमालेनिटक पत्रकार संगठन प्रेस चौतारी छोडेर धिमाल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । मोरङको उर्लाबारी–८ निवासी धिमाल डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । पूर्वी मोरङका पत्रकारहरुको संस्था सञ्चार क्लब नेपालको महासचिब भइसकेका उनी धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व सभामुख, मन्त्री तथा प्रदेश सांसद बाबुराम गौतमसहितका नेताहरुले धिमाललाई पार्टीमा स्वागत गरेका थिए ।























