काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको थियो । मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उहाँका भाइ कुमार गुरुङलाई उक्त खबर पठाउनु भएको थियो । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको बताएको छ ।
गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बन्नुभएको थियो । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुग्नुभएको थियो । उहाँको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय