दमक । बाग्लुङमा कार्यक्रम गर्न जाँदा राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंमाथि आक्रमणको विरोधमा झापामा दमकमा प्रदर्शन भएको छ ।
राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियान पूर्वाञ्चलले बिहीबार साँझ झापाको दमकमा प्रदर्शन गरेको हो । दमक चौकमा टायर बालेर विरोध प्रदर्शन गर्दै अभियानलाई दबाउन षड्यन्तपूर्वक तरिकाले संयोजक प्रसाईमाथी आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेको छ । अभियानका पूर्वाञ्चल संयोजक दुरेन राईले घटनाको निन्दा गर्दै दोषीलाई कानुन बमोजिम कार्वाही गर्न माग गर्नुभयो । उहाँले देशभरी अभियानको माहोल बढेपछि विभिन्न षड्यन्त्र हुन थालेको भन्दै त्यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुन युवा दस्तालाई निर्देशनसमेत दिनुभयो । सरकारले सुरक्षा दिन सक्दैन भने युवाहरुले सुरक्षाको जिम्मा लिने उहाँको भनाई छ । अब युवाहरु सुतेर नबस्ने बताउँदै भिजालान्तेहरु प्रयोग गरेकै भरमा अभियान असफल पार्न सक्छु भन्ने सपना नदेख्न उहाँले चेतावनी दिनुभयो ।
त्यस्तै, अभियान्ता समिर कुईकेलले पनि अभियानका संयोजक प्रसाईमाथि आक्रमण गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने बेला आएको बताउनुभयो । उहाँले अभियानलाई विथोल्ने चेस्टा भएको भन्दै सुरक्षा दिन नसक्ने सरकारका गृहमन्त्रीले राजीनाममा दिनु पर्ने बताउनुभयो । विरोध प्रदर्शन कार्यक्रममा अभियानका पूर्वाञ्चल उपाध्यक्ष दानबहादुर न्यौपाने, झापा इन्चार्ज गाेपाल बाेहाेरालगायत अभियान्ताहरुको सहभागिता रहेको थियो ।























