लेटाङ । सहिद हरि भट्टराई (परिवर्तन) को सालिक लेटाङ नगरपालिकाको नगर प्रहरीले हटाएको छ ।
नगरप्रमुख भूपेन्द्र लावतीको आदेशमा नगर प्रहरीले सालिक हटाएर निर्माण स्थलमा तोडफोड गरेको भन्दै नेकपा माओवादी केन्द्र लेटाङले खेद प्रकट गरेको हो । शहिद स्मृति प्रतिष्ठान दर्ता गरी लेटाङ–४ मा पार्क निर्माणको काम सुरुवात भएको थियो । लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासी ज्यान गुमाएका थिए । ईश्वर ढुंगाना(प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप) लगायत शालिकसहित पार्क बनाउने काम थालनी भएको थियो । सोही क्रममा पार्कमा सहिद हरि भट्टराई (परिवर्तन) को शालिक राखिएको थियो । सो शालिक नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको भन्दै माओवादीले त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिनुभएको छ । उहाँले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय