उर्लाबारी । धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा कृष्ण धिमाल र अम्मरबहादुर धिमालबीच प्रतिष्पर्धा हुने भएको छ ।
भोली हुने निर्वाचनमा अध्यक्ष पदका दुबै उम्मेद्वारले प्यानलनै बनाएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीको प्यानलतर्फबाट अध्यक्षमा कृष्ण, सह–अध्यक्षमा केदार धिमाल र महासचिबमा मात्रिका धिमाल उम्मेद्वार रहेका छन् भने नेकपा एमाले, नेकपा माओवादीसहितको प्यानलबाट अध्यक्षमा अम्मर धिमाल, सह–अध्यक्षमा कविराज धिमाल र महासचिबमा सुनिल धिमाल उम्मेद्वार रहेका छन् । सबै पदमा दुबैतर्फबाट उम्मेद्वार खडा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय