उर्लाबारी । ब्रिटिस आर्मीमा कार्यरत उर्लाबारी–७ का २३ बर्षीय संगम कुलुङ राईको मृत्यु भएको ४५ दिनपछि शब ल्याएर अन्तेष्टी गरिएको छ ।
शनिबार पथरीशनिश्चरेको जयचौकमा राईको अन्तेष्टी गरिएको हो । उनको मंसिर २२ गते मृत्यु भएको थियो । मृतक राईको शब शनिबारै ब्रिटिस आर्मीको टोलीले घरमा ल्याएर शोक सभा गरेको छ । के कारण मृत्यु भएको हो भन्ने बारेमा नखुलाएपनि इमान्दारिताका साथ संगमले कर्तब्य पालन गरेको बताइएको छ । उनीसँग कार्यरत ब्याजीसहित ब्रिटिस आर्मीका कमाण्डरको टोली घरमा शब लिएर आएको थियो । संगमले २०७८ मंसिर १४ गते सेन्ट्रीजा माङ्गयाक लिम्बूसँग विवाह गरेका थिए ।























