लेटाङ। सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले नगरपालिकाले सहीद स्मारकका लागि जग्गा छनौट समिति बनाएर झारो टार्ने काम मात्र भए आफुहरुले माघ १४ गते देखि आन्दोलन झन सशक्त बनाउने चेतावनी दिएको छ। सहिद पार्क स्मारकको लागि नगरपालिकाको आव्हानमा आइतबार सर्बदलिय बैठकबाट जग्गा खोज तथा छनौट समिति बनाएको हो।
आफुहरुले गरेको आन्दोलनबाट नगरपालिकाको ध्यानाकर्षण भएको र सहिद स्मृति भवनको लागि नगरले लिएको पहल स्वागत योग्य रहेको प्रतिष्ठानले जनाएको छ। सोमबार प्रतिष्ठानले एक बिज्ञप्ती जारी गर्दै भनेको छ। “लेटाङ्गका १६ जना सहिदहरुको स्मारक बनाउन बाहेक अरु कुनै स्वार्थ छैन। सहिदको उचित सम्मान स्थानीय सरकारले गर्नुपर्छ र तिनको ब्यावस्थापन हुनुपर्छ। राज्यले सुचिकृत गरेको सहिदहरुको प्रतिमा स्तम्भ निर्माण गर्न स्थानीय सरकारले देखाएको चासो सकारात्मक भएको बिज्ञप्तीमा उल्लेख गरेको छ।
माघ ४ गते सहिद क. हरि भट्टराई(परिवर्तन) को शालिक तोडफोड र गायब बनाईएको बारे सत्यतथ्य सार्बजनिक होस र ७ दिन भित्र जग्गा खोजी र निकास नगरपालिकाले दिनुपर्ने भन्दै अल्टिमेटम समेत दिएको छ।























