उर्लाबारी । मोरङको उर्लाबारी–१ चारघरेमा दुर्लभ वन्यजन्तु हिँउ चितुवा फेला परेको छ । स्थानीय बाँस झ्याङमा हिउँ चितुवा फेला परेको हो । कहाँबाट आएको हो भन्ने बारेमा एकिन नभएको जनाइएको छ ।

हिँउ चितुवा देखेपछि स्थानीयबासीहरु विहानैदेखि हेर्नको भिड लागेको थियो । विहान ९ बजेदेखि स्थानीयले हिँउ चितुवा देखेका थिए । स्थानीय तथा जनप्रतिनिधिहरुले सव वन डिभिजन कार्यालय मंगलबारेमा जानकारी गराएको थियो । त्यसपछि कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले बेहोस बनाउने औषधिको सहायताले नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिनुभयो । हिउँ चितुवा कहाँबाट आयो भन्ने बारेमा एकिन भने नभएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय