दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–४ का राजेन्द्र पौडेल नेकपा माओवादी केन्द्रमै फर्किनु भएको छ । नेकपापछि एमाले रोज्नु भएका पौडेल प्रदेश कमिटी सदस्य बन्नु भएको थियो । त्यसपछि एमालेमा विद्रोह गरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नु भएका पौडेल स्वतन्त्र रहँदै आउनु भएको थियो ।
अखिल नेपाल महिला संघ (कान्तिकारी) मोरङ जिःलाको आयोजनामा राजनिती भेटघाट तथा वनभोज कार्यक्रमको अवसरमा उहाँ माओवादीमा फर्किएको औपचारिक घोषणा गर्नुभएको छ । उर्लाबारी–२ को बेतिनी सिमसारमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिब देव गुरूङ, केन्द्रीय सदस्य तथा सांसदद्वय बाबुराम गौतम, गीता तिम्सिना, केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश सचिब तथा मन्त्री गणेश उप्रेती सुशील लगायतको सहभागिता रहेको थियो ।























