सुनसरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ ।
आज बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय