उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका परिसर अगाडि बिहीबार मंगलबारे युवा क्लबले बिरोध प्रदर्शन गरेको छ ।
१५ बर्ष अगाडि २०६५ सालमा १३ हेक्टर जमिन प्रतिष्ठानले कृषि प्रयोजनका लागि भनेर लिजमा लिएको थियो । उक्त जमिन पाँच बर्ष अगाडिसम्म खेलकुद मैदानको रुपमा स्थानियले प्रयोग गर्दै आइरहेका थिए । तर, पाँच बर्ष यता देखि प्रतिष्ठानले मेडिकल कलेजका निम्ति काम अगाडि बढाउने भनेर खेलमैदानलाई रोकेको तर अहिलेसम्म कम्पाउन्डको काम भन्दा केही हुन नसकेको भन्दै मंगलबारे युवा क्लबले तालाबन्दी गरेको थियो ।
सोही बिषयमा उर्लाबारी नगरपालिकाले क्लबलाई पौष १६ गते दुई पक्षलाई वार्तामा ल्याउन छलफलमा सहभागी हुन पत्रचार नै गरेको थियो। क्लबको तर्फबाट पाँच जना प्रतिनिधि उपस्थितिसहित पत्रचार थियो । तर, बैठकमा भएका निर्णयहरु सुन्न भनेर क्लबका सदस्यहरु आम मंगलबारेबासीको बाक्लो उपस्थितहरु रहेको थियो । क्लबलाई दुई पक्षीय छलफल भनेता पनि प्रतिष्ठानको तर्फबाट कोही उपस्थित नभएसी नगर प्रमुख गंगाप्रसाद खरेलले बिरोध प्रदर्शनकारी र क्लबका प्रतिनिधिहरुसँग दिने जवाफ नभएसी अन्य कामको बहानामा कुनै दिन छलफल बस्ने भन्दै फरार भएको क्लबका अध्यक्ष पिपलराज गिरीले बताउनुभयाे ।
त्यस्तै क्लबका सहल्लाकार सदस्य तथा पूर्व जनप्रतिनिधि सोमप्रसाद तिम्सिनाले छलफलमा बोलाएर कुनै सम्बोधन बिना नै मेयर बाहिर निस्किनु आपत्तीजनक भएको बताउनुभयाे । तिम्सिनाले छलफलकै लागि पाँच जना प्रतिनिधिसहित आएको अन्यको उपस्थित सूचनाको हक भनेको जानकारी गराउँदै तत्काल निष्कर्ष ननिस्किए प्रर्दशनले नयाँ रुप लिने चेतावनी दिनुभयाे ।
उक्त बिरोध प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता देखि नगर कमिटीका कार्यकर्ताहरुले समेत उपस्थिति भएर समर्थन जनाएका थिए भने विभिन्न नाराहरुसहित चर्को बिरोध जनाएका थिए ।























