झापा, झापाको दमक नगरपालिका-७ स्थितमा श्रीमानको कुट पिटबाट श्रीमतीको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईले आपसी बिवादको क्रममा श्रीमती २८ बर्षिया ममिला राईलाई कुटपिट गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । ममिला राई माघ १७ गते राती सुतेको र १८ गते बिहान अवेर सम्म नउठे पछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक महिलाको शरिरको बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतको श्रीमानलाई घटनास्थल बाटै पक्राउ गरेको हो । पक्राउ परेका श्रीमानको थप अनुसन्धान भईरहेको छ भने मृतक महिलाको लाश पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।























