उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी प्रतिष्ठानले घेराबारा गरेको जग्गामा खेलमैदान बनाउनु पर्ने माग गर्दै मंगलबारे युवा क्लबले उर्लाबारी नगरपालिकामा धर्ना दिएको छ ।
नगरपालिका कार्यालय अगाडि १ घण्टा सांकेतिक विरोध जनाएको क्लबका सदस्य प्रतिक पाण्डेले जानकारी दिनुभयो । प्रतिष्ठानले जुन उद्देश्यले लिएको हो त्यो अनुसार प्रयोग नगरेकाले खेलमैदान बनाउनु पर्ने माग गर्दै क्लबले निरन्तर विरोध जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय