उर्लाबारी । नेपाली कांग्रेसको अभियान ‘समुदायमा कांग्रेस’ अन्तरगत मोरङको मिक्लाजुङमा भेटघाट तथा गुनासो सुन्ने काम भएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य चिरञ्जीबी थापासहितको टोलीले समुदायमा भेटघाट र गुनासो सुन्ने काम गरेको हो । मिक्लाजुङ कार्यबहाक सभापति खगेन्द्र मादेन, वडा कार्यबहाक सभापति जगत लिम्बूलगायतको टिम पुगेर जनताका गुनासो सुन्ने, विकास निर्माणका अवस्थाका बारेमा जानकारी लिने, जनप्रतिनिधिहरुको कार्यशैलीलगायतका बारेमा समुदायमै पुगेर जानकारी लिएको छ । मिक्लाजुङ–२ तिल्केनी क्षेत्रमा खानेपानीको जटिल समस्या रहेकाले समाधानका लागि तीनै तहका सरकारले ध्यान दिन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । मुख्य गरी खानेपानीको समस्या समाधान गर्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् । सडक र विजुली बत्तीलगायतका समस्या पनि स्थानीयले उठाएका थिए ।
महासमिति सदस्य चिरञ्जीबी थापाले पार्टीसँग सम्बन्धित सुझावहरू, गुनासा र सल्लाहहरू प्राप्त भएकोमा पार्टीले आगामी महासमिति बैठकमा छलफलको विषय बनाएर अघि बढ्ने बताउनुभयो । अभियानले संविधानको भावनाअनुसार समुदायका बिचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी जनसंवाद र छलफल गर्ने काम गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका बेला मात्रै नेताहरु गाउँ घरमा देखिने स्थानीयको गुनासो थियो । समस्या र पिरमर्कामा जनप्रतिनिधिहरुको भूमिका नदेखिएको भन्दै गुनासो पोखेका थिए । कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने काम गरिरहेको मिक्लाजुङ कार्यबहाक सभापति खगेन्द्र मादेनले बताउनुभयो ।
मिक्लाजुङ वडा नं. २ का जनता समस्या समाधान गर्न अधिकतम पहल गर्न माग गरिएको छ । समुदायको बीचमा पुग्न र गुनासोहरु सुन्न आएको वडा का.वा. सभापति जगत लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय