दमक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी ओली जतिको ढाट कोही नभएको बताउनुभएको छ ।
झापाको दमकमा आज सम्बोधन गर्दै उहाँले कुमाई परिवारमा ओली जतिको ढाट कोही नभएको बताउनुभएको हो । राजनीति दल ठगहरुको संगठन भएको उहाँले बताउनुभयो । फागुन १ गतेबाट देशभर आन्दोलनको आधिबेरी सिर्जना गर्ने उहाँले दाबी गर्नुभएको छ । आफुले पार्टी नखोल्ने दाबी गर्दै देश बनाउन अभियानमा होमिएको उहाँले बताउनुभयो ।
उहाँले ऋण तिर्न नसकेर अभियान चलाएको भन्ने विषय सन्दर्भमा भन्नुभयोे ‘ म सँग ५ देखि ७ हजार करोड सम्पत्ति होला, मलाई सम्पत्तिको आवश्यकता छैन, छोरा छोरी डाक्टर छन्, नाति पढाउने आफ्नै स्कुल छ मलाई किन पैसा चाईयो, मेरो काठमाडौंको १०० रोपनी जग्गा बेचे भने ५ सय करोड ऋण तत्कालै तिर्न सक्छु ।’























