दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा भएको आगलागीबाट ज्यान गुमाएका र घाइतेको परिवारलाई बिहीबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उर्लाबारी–७ बरगाछी स्थित दीपक कार्कीको घरमा रहेकोस्नेहा ज्वलेर्स गत कात्तिक २६ गते लक्ष्मी पुजाको दिन भएको आगलागीमा २८ जना घाइते हुनुभएको थियो । जसमध्ये ५ जनाको ज्यान गएको थियो । आगलागीमा घाइते र मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । आठ लाख ९६ हजार रुपैयाँ सहयोग संकलन भएको थियो । मृतक ५ सहित २८ जना प्रत्येकलाई ३२ हजारका दरले सहयोग गरिएको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । विभिन्न संघसंस्था, स्वदेश तथा विदेशबाट सकेको रकम सहयोग गर्नुभएका भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयो । त्यस्तै, मोरङ सुनचाँदी संघले समेत अभियान चलाएर वाणिज्य संघसँग समन्वय गरि एक मुष्ठ रकम बुझाएको थियो ।
उर्लाबारी वडा नम्बर ५ का वडा अध्यक्ष रविन लामा, संघका पूर्व अध्यक्ष, वर्तमान समिति मातहतका पदाधिकारीहरुलगायतको सहभागिता रहेको थियो । संघका अध्यक्ष भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन भने बाणिज्य संघका महासचिव हेमराज गुरुङले गर्नुभएको थियो । कार्यक्रमका बारेमा बरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय