उर्लाबारी । कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले देशमा रहेका सबै धर्म संस्कृतीको संरक्षणमा सरकारसँगै समुदायपनि सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । शनिबार श्री पाथिभरा पन्चकन्या देवि मन्दिर उर्लाबारी ७ को १० औं बार्शिक साधारणसभा तथा ५ औं चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य गौतमले धर्म संस्कृतीको संरक्षण र प्रबर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले स्थापनाको १० बर्षमै पाथिभरा मन्दिरले गरेको सफलताको प्रंशसा गर्नुभएको थियो । प्रदेशसभा सदस्य गौतमले पाथीभरा मन्दिरको विकास र मन्दिरसम्म आउने सडक निर्माणमा कोशी प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साधारणसभामा उर्लाबारी ७ कि वडा अध्यक्ष उर्मिला थापा, सिद्देस्वर शिवबाबा धाम उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, जग्गादाता घनश्याम भण्डारी, सल्लाहकार संयोजक जयधर्म आचार्यले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा मन्दिरलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान समेत गरिएको थियो । मन्दिरको अध्यक्षमा पुन : खगेन्द्र गुरागाई, उपाध्यक्षमा बेदप्रकाश सिवाकोटी , सचिबमा निरोज तिम्सिना, सहसचिबमा दुर्गा गौतम, कोषाध्यक्षमा मोहन चापागाई लगायत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।























