बिराटनगर, शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखीएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा माङसेबुङ गाऊपालिका-१ गजुरमुखी ईलामका ३८ बर्षीय प्रबिण मिश्र र याङवरक गाउँपालिका-१ च्याङथापु पाँचथरका ३० बर्षीय बिपिन अधिकारी रहेका छन् । पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी ,सहयोग रसिद २ ठेलि, आर्थिक सहयोग सम्बन्धी लेखीएको पत्र ५ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, मोवायल ३ थान र एनसेलका सिमहरु ५ थान तथा अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १/१ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, एसबिआई बैकको चेकबुक, मोवायल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ । पक्राउ परेको यही समुहले बिराटनगर-३ मा रहेको खालि चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त बस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय