सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एकसय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गर्नुभएको छ ।
मङ्गलवार नेकपा माओवादी केन्द्रको नेताहरूसँग भेटपछि एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गर्नुभएको हो । जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरिएको छ । इटहरी नगर क्षेत्रमा बसोबास गर्ने परिवारको बिमा गरिदिने पौडेलले बताउनुभयो । जनयुद्धमा पीडित बनेकाहरूको निःशुल्क बिमा गरिदिने मेयरको भनाई प्रति माओवादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिनुभयो । पीडितहरूको नाम तयार गरेर मेयरलाई बुझाउने तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय