काठमाडौं । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।
सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् ।
२०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ । आगामी वर्षमा दशैंको विदा घटस्थापनासहित ६ दिन तोकिएको छ । असोज १७ गते घटस्थापना र २४ देखि २८ सम्म दशैं विदा दिइएको छ । यस्तै कात्तिक १५ गतेदेखि १९ गतेसम्म तिहार विदा तोकिएको छ ।
























