उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नगर विकास कोषको मूल्यांकनको आधारमा देशकै उत्कृष्ट भएको छ ।
पाटन संग्रहालय, भण्डारखाल बगैचा ललितपुरमा भएको नगर विकास कोषको ३६ औं बार्षिकोत्सवमा उर्लाबारी खानेपानी उत्कृष्ट हुँदै सम्मानित भएको हो । सहरी विकास मन्त्री सिता गुरुङले उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष चिन्तामणि पौडेललाई कदर पत्रसहित सम्मान गर्नुभएको छ । साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एबं सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाहरुमध्ये उर्लाबारी खानेपानीले सञ्चालन एबं ब्यवस्थापन गर्दै उत्कृष्ट सावित भएको छ ।























