मोरङ । इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागुऔषध मुद्दामा कारबाही गरेको छ ।

प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागुऔषध ओसार पसार हुने गरेको छ ।

सोही क्रममा गएको ६ महिनामा लागुऔषध ओसार पसारमा संलग्न एक टेम्पो, चारवटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको चौलागाईले बताए ।

उनीहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागुऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिवन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधीमा ३ जना लागुऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।

लागुऔषधको अवस्था भयावह हुँदै गएपछि प्रहरीले विद्यालयमा जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । यसअवधिमा १२१ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको चौलागाईंले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय