उर्लाबारी । बिहीबार मदन भण्डारी प्रतिष्ठानले ओगटेको खेलमैदान सरसफाई कार्यक्रम राखेको भन्दै मंगलबारे युवा क्लबले प्रचार ग¥यो । विहान ११ बजे भेला हुन नगरबासीहरुलाई क्लबले आब्हान गरेको थियो ।
क्लबले आब्हान गरेपछि खेलप्रेमीहरु पनि भेला भए । करिब ७०÷८० जनाको युवाहरु भेला भएका थिए । आन्दोलनको नेतृत्वकर्ता मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीले गर्नुभएको थियो भने युवाहरुले साथ दिएका थिए ।
क्लब आफैले लगाएको ताला फोरेर भित्र प्रवेश गरी खेलमैदान सरसफाई गर्दै खेल मैदान बनाउने योजनामा थियो । तर, प्रहरी प्रशासनले गेटमै बाटो छेकेर बसेको थियो । प्रहरी तैनाथ रहेको क्षेत्रअघि भाषण ठोकेर युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई भेट्न जाने भन्दै क्लबका अध्यक्ष गिरीले कार्यक्रम समापन गर्नुभएको थियो । कुनै समयको चर्चित खेलमैदानसमेत रहेको उर्लाबारी–३ को मदन भण्डारी स्मृति प्रतिष्ठानले लिजमा लिएर घेराबारा गरेको छ । कुन प्रायोजनका लागि जग्गा लिएको हो सोही अनुसार प्रयोग नभएकाले बाध्य भएर आन्दोलनमा होमिनु परेको स्थानीय युवा समिर कुईकेलको भनाई छ । उहाँले खेलमैदानका लागि बेवारिसे अवस्थामा रहेको जग्गा उपलब्ध गराउने प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ । उहाँले मौरीपालन तथा मकै रोप्नका लागि जग्गा प्रयोग गर्नु लाजमर्दो भएको बताउनुभयो । निरन्तर केही समयदेखि खेलमैदान माग्दै युवाहरु आन्दोलनमा छन् । तर, आन्दोलनले सार्थकता पाउन सकेको छैन । प्रतिष्ठानले कुनै पनि हालतमा खेलमैदानका लागि दिन नसक्ने पत्रकार सम्मेलनबाटै जानकारी गराइसकेको छ ।
सोही विषयमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई क्लबका पदाधिकारीहरुसहित खेलप्रेमीले भेटेका छन् । मन्त्री लिम्बूबाट पनि मैदानका बारेमा कुनै ठोस कुरा नआएको त्यहाँ सहभागी एक युवाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय