उर्लाबारी । आइतबार विहान मोरङको उर्लाबारी–४ मा अर्धचेत अवस्थामा एक किशोरी भेटिइन् ।
उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अर्धअचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरी र जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । अर्धचेत अवस्थामा किशोरी भेटिएपछि गाउँमा हल्लाखल्ला भयो ।
त्यहाँ कसरी किशोरी आइपुगिन् भनेर भेला भएका स्थानीय आश्चर्यमा परे । अर्धचेत अवस्थामा भेटिएकी ती किशोरीले आफु बलात्कारमा परेर भागेर आएको कुरा बताइन् । स्थानीयबाट खबर पाउनसाथ उर्लाबारी प्रहरी टोली घटना स्थलमा पुगेर किशोरीलाई उद्दार गरेको थियो । किशोरीलाई प्रहरीले उद्धार गरेर अनुसन्धान गर्ने क्रममा ती किशोरी बलात्कारमा परेको रहस्य खुल्यो । मिक्लाजुङ घर भएकी ती किशोरी अध्ययनका लागि उर्लाबारीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी ती किशोरी गाईगोठमा पुगेकी थिइन् । घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरिएको छ । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ । पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन । किशोरीलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको छ ।
उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । हालसम्म १ जनाको मात्रै संलग्नता देखिएको र अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले बताएको छ ।
कसरी भयो घटना ?
स्रोतका अनुसार शनिबार ती किशोरी साथीहरुसँग उर्लाबारी–३ को एक होटलमा मदिरा सेवन गरिन् ।  त्यसपछि उनीहरु दमक महोत्सव गएका थिए । उनीहरु पुग्दा महोत्सव सकिएको थियो । त्यसपछि उर्लाबारी–३ को प्रार्थना प्रार्थना रि–ट्रीटमा मदिरासहित रातभर नाचगान गरेका थिए । त्यसपछि बलात्कारका आरोपित प्रार्थना रि–ट्रीटका सञ्चालक उर्लाबारी–५ का रविन गुरुङको गाडीमा एक जना अर्का पुरुषसहित ४ जना किशोरीहरु कात्यानी हेरिटेज होटल पुगेका थिए । सोही क्रममा गुरुङले १७ बर्षीया किशोरीलाई सोही होटलमा मदिराको नशामा जवरजस्ती करणी गरेको आरोप छ । गुरुङले बलात्कार गरेपछि ती किशोरी भागेर झण्डै आधा किलोमिटर पूर्वमा रहेको नवराज भट्टराईको गोठमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । ती किशोरीको भनाई उद्धत गर्दै स्थानीयका अनुसार बेहोसीपछि होस्मा आउँदा भित्री वस्त्र थिएन । सम्बेदशिल अंगहरु दुखेपछि आफुलाई बलात्कार गरेको थाहा पाइन् । त्यसपछि किशोरी त्यहाँबाट भागिन् । आइतबार विहान किशोरी अर्धचेत अवस्थामा भेटिपछि मात्रै उक्त घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय