
पथरी । पथरी उद्योग बाणिज्य संघको अध्यक्षमा दिपक बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले ५०४ मत ल्याउनुभएको हो । उहाँकी प्रतिद्धन्द्धी देवी राई (नाना) १३२ मत मात्रै पाउनुभयो ।
त्यस्तै, उपाध्यक्षमा रवीन्द्रकुमार राई (रविन) विजयी हुनुभएको छ । उहाँले ३७१ मत पाउनुभयो । उहाँका प्रतिष्पर्धीहरु इश्वरी सापकोटाले १४१ र हरिराज प्याकुरेल १०८ मत पाउनुभएको थियो । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो ।