उर्लाबारी । नेपाली कांग्रेस तत्कालिन राजघाट गाउँ सभापति तथा उर्लाबारी नगर पूर्व उपसभापति बाबुराम बुढाथोकीको निधन भएको छ ।
मोरङको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा ५८ बर्षीय बुढाथोकीको निधन भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ७ निवासी बुढाथोकीको आज विहान १०ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही समयअघि बिरामी भएर बुढाथोकी उपचाररत रहनुभएको थियो । उर्लाबारी–७ को राधिका माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका बुढाथोकी सहकारी अभियानकर्मीसमेत रहनुभएको थियो । बुढाथोकीको अन्तिम संस्कार उर्लाबारीको बक्राहा घाटमा आजै दिउँसो २ः३० बजे गरिने जनाइएको छ । बुढाथोकीका श्रीमति, एक छोरा र छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय