उर्लाबारी । मोरङको उर्लाबारी–७ की विष्णुकुमारी श्रेष्ठले आफ्नो ५९ औं जन्मदिन झापाको दमकस्थित बृद्धा आश्रममा आश्रित आमाबुवाहरुलाई खाना खुवाएर मनाउनुभएको छ ।
दमकस्थित रत्न जेष्ठ नागरिक बृद्धा आश्रममा बिहीबार उहाँले आफ्नो जन्मदिन मनाउनुभएको हो । उहाँले आमाबुवासँग आफ्नो जन्मदिनको खुशी साट्न पाउँदा खुशी लागेको बताउनुभयो ।
पछिल्लो समयमा धेरैले आफ्नो जन्मदिनमा बाल गृह तथा बृद्धा आश्रमहरुमा खुशी साटेर मनाउने क्रम बढिरहेको छ । यो एउटा सकारात्मक कार्य पनि हो । फजुल खर्च गर्नुभन्दा बाल गृह र बृद्धाआश्रममा रचनात्मक कार्य गर्नेको जमात ठूलो छ । आमाले जन्मदिन बृद्धा आश्रम मनाउने इच्छा राख्नु भएको र सोही अनुसार रत्न जेष्ठ नागरिक बृद्धा आश्रममा आश्रित आमाबुवालाई खाना खुवाएको छोरा दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।























