उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा सेवारत रहनुभएका आचार्य धर्म गुरु खेन्पो थुब्तेन जाङ्पोको अन्तेष्टी गरिएको छ ।
भारतको अरुणाचाल राज्यमा जन्मभई लामो समयदेखि मोरङको उर्लाबारी वौद्ध गुम्बामा सेवारत रहनुभएका आचार्य धर्मगुरु जाङ्पोको रीशनिश्चरेको जय चौकमा दाहसंस्कार गरिएको हो । उहाँको फागुन ८ गते दिउँसो ४ः०० बजे मोरङ सहकारी अस्पताल विराटनगरमा निधन भएको थियो । उहाँको बिहीबार बौद्ध धर्म अनुसार ५५ जनाभन्दा बढी लामाहरुको सहभागितामा पुजा प्रार्थना गरी अन्तेष्टी गरिएको गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले जानकारी दिनुभयो । २०५५ सालदेखि गुम्बाको मुख्य धर्मगुरुको रुपमा जाङ्पो रहनुभएको थियो ।























