उर्लाबारी । ललितपुरको गोदावरीमा चार दिन चलेको महासमिति बैठकमा ५ मिनेट भनेर ३ मिनेटमात्रै बोल्ने समय दिएको भन्दै कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले आपत्ती जनाउनुभएको छ ।
फागोले सामाजिक सञ्जालमार्फत उहाँले आपत्ती जनाउनुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत नै सुझावसमेत दिनुभएको छ ।
खड्ग फागोका ४ सुझाव
१. पुरानो उद्योग कारखाना जस्तै बिरगंज चिनी कारखाना, नवलपरासी स्थित भृकुटी कागज कारखाना, गोरखाली रबर उद्योग,जनकपुर चुरोट कारखाना,बिराटनगर स्थित जुटमिल, बाँसबारी छाला जुत्ता कारखाना लगायत बन्द भएको सुचारु गर्ने ।
२. देशको अर्थतन्त्र मजबुत नभएसम्म सामाजिक सुरक्षा भत्ता वर्ग निर्धारण गरी वैज्ञानिक विधि प्रणाली अपनाई वितरण गर्ने ।
जस्तै सहर बजारमा मासिक घरभाडा बाट लाखौं लाख र बिबिध आम्दानी हुन्छ । यसलाई कटाई बिपन्न वर्ग लाई थप गरौ । जो भत्ताले रासन पानी ओेैषधि चलाउँछ । यसबिधि अपनाएमा अरबौ रकम बचत हुन्छ र विकास निर्माणमा लगाउन सकिन्छ ।
३. भूमिहिन सुकुम्बासी जग्गा वितरण प्रणाली व्यवस्थापन गरौं । जीवनमा एक पटक मात्र जग्गा धनी प्रमाण पुर्जा वितरण होस् जग्गा प्राप्ति भएपछि बिक्री पुन सुकुम्बासी फेरि जग्गा प्राप्ति पुन बिक्री अनि सुकुम्बासी नै सुकुम्बासी हुने र सम्पत्ति सम्पन्नहरु समेत सुकुम्बासी हुने कार्य रोकौं ।
४. हाल वार्डमा अध्यक्षसहित ५ जना जनप्रतिनिधिका छ अब एक महिलासहित ३ प्रतिनिधिमा जाउ । अन्य कार्यपालिका सदस्यमा मनोनितको व्यवस्था छ । सेवा सुबिधा बैठक भत्ता एक सदस्यमा मासिक करिब १३००० हुन्छ । ( कुल वार्ड संख्या ६७४३ प्रत्येक वार्डमा २ सदस्य घट्दा खर्च घट्छ )
हेरौ।
मासिक
रु. १७५३१८०००( सत्र करोड त्रिपन्न लाख अठार हजार मात्र ) ।
बार्षिक
रु. २१०३८१६०००(दुई अर्ब दश करोड अड्तिस लाख सोर्ह हजार मात्र) ।
पाँच बर्ष
रु. १०५१९०८००००( दश अर्ब एक्काउन्न करोड नब्बे लाख असी हजार मात्र) ।
४. ७७ जि.स.स. जिम्मेवारी बनाउने कि खारेजी गर्ने ।
पाँच बर्ष
रु. १३८६०००००० ( एक अर्ब अड्तिस करोड साठी लाख मात्र) ।
अनावश्यक समानुपातिक संख्या घटाउ ।
जुन देशले अबौंैं खर्च व्यहोर्नु परेको छ ।
जय नेपाल























