उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक बिद्यालयको आयोजनामा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसँग नगर स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
राधिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोमु (लोलिम) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमम नगर युवा खेलकुद तथा शिक्षा शाखाकी सिर्जना गौतम, राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेल र २२ वटै सामुदायिक बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
उर्लाबारीमा रहेका सामुदायिक बिद्यालयहरुको स्तर उन्नति, शैक्षिक गुणस्तर , भौतिक विकास, दीर्घकालीन योजना, तत्कालीन अवस्थामा बिद्यालयहरुमा देखिएका समस्या र त्यसको न्यूनीकरणजस्ता विविध बिषय बस्तुमा स्थानीय सरकारको भूमिका, विद्यालय ब्यवस्थापन समितिको जिम्मेवार, अभिभावकको महत्व, शिक्षण सिकाइमा शिक्षकहरुको उत्तरदायित्वलगायतका विषयमा अन्तरक्रिया गरिएकोे अध्यक्ष पोमुले बताउनुभयो ।
सो अन्तरक्रियाको क्रममा सुनपकुवा विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष टीकाकुमारी भट्टराई, सिर्जना आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार चौहानलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।























