पथरी । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत माेरङकाे पथरीशनिश्चरेकाे जयचोक सडकखण्डमा शनिबार राती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
राती करिव ८:३० बजे प्र.००१ च ७९६४ नम्बरको कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पहिचान नखुलेको जनजाति समुदायको अन्दाजी ३५ वर्षिय पुरुषको उपचारको क्रममा उर्लाबारी -३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले चालकसहित सो कारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठले बताउनुभयाे । मृतक पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएकाे छ ।























