झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । नेपाल भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपको क्रममा करिब ६ जना घाइते भएको बताइएको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा कम्तीमा ६ जना घाइते भएको जनाइएको छ । सामान्य विवादको क्रममा झडप भएको बताइएपनि के कारण भएको हो भन्ने बारेमा खुलेको छैन । घाइतेहरूको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।























