उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी आउनुभएको छ ।
बुधबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख गंगाप्रसाद खरेलले नयाँ अधिकृतलाई फुल गुच्छाले स्वागत र पुरानालाई खादा, टिकासहित विदाई गर्नुभएको छ । उर्लाबारीमा गत साउनदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत अर्जुन निरौला सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा जानु भएको छ । नयाँ प्रशासकीयको रुपमा सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी सरुवा भएर आउनुभएको छ ।























