उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी वडा नं. ९ को वडा अधिवेशनमा विभिन्न पार्टी परित्याग गर्दै ५० भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कोशी प्रदेशका खानेपानी तथा सिचाइ मन्त्री नारायण बुर्जा मगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अन्य पार्टी छोडेर माओवादीमा प्रवेश गरेकाहरुलाई मन्त्री मगरसहितले स्वागत गरेका थिए । कोशी प्रदेशका पूर्व सांसद तथा पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल), उर्लाबारी माओवादी केन्द्रका अध्यक्ष गजेन्द्र दङ्गाल , आदिवासी जनजाति उर्लाबारी नगर समन्वय समितिका अध्यक्ष शमशेर लिम्बू , वाइसीएल मोरङ जिल्ला इन्चार्ज दिपक आले मगरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय