उर्लाबारी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको हो । यसैगरी जसपाबाटै नबलकिशोर साह वनमन्त्री बन्नुभएको छ । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसक्नुभएको थियो । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थप्नुभएको थियो । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । संविधान अनुसार २५ सदस्यभन्दा ठूलो मन्त्रिपरिषद बनाउन पाइन्दैन । अब ३ जना राज्यमन्त्री भने थप गर्ने अधिकार प्रधानमन्त्रीसँग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय