उर्लाबारी । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई कार्वाही गर्न माग गरिएको छ ।
उसु खेलका प्रशिक्षक विनोद मारिकले जिल्ला प्रशासन कार्यालय मोरङमा कानुनी कार्वाहीको माग गर्दै उजुरी दिनुभएको हो । उहाँले आफुमाथि सदस्य सचिब वाग्लेले अभद्र ब्यवहार र गाली गलौज गरेकाले कार्वाहीका लागि उजुरी दिएको बताउनुभयो ।
यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङ र कोशी प्रदेशले पनि सदस्य सचिब वाग्लेलाई पदमुक्त गरी निष्पक्ष छानविन गर्न माग गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्नका लागि खेलाडीहरु काठमाडौं जाने क्रममा बैशाख ३ गते इटहरी रंगशालामा विदाई कार्यक्रम चलिरहँदा मोरङ जिल्ला खेलकुद समितिमा कार्यरत उसु खेलका प्रशिक्षक विनोद मारिकलाई अभद्र ब्यवहार र गाली गलौज गरेको आरोप लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय