उर्लाबारी । मोरङको उर्लाबारीमा शनिबार भएको एक दिने निःशुल्क आँखा शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएका छन् ।
लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब आस्था उर्लाबारी, लायन्स क्लब अफ इष्र्टन मोरङ, लायन्स क्लब अफ मधुमल्ला, रोटरी क्लब अफ उर्लाबारी, रोट्रयाक्ट क्लब अफ उर्लाबारी, उर्लाबारी जेसीज, मोरङ सुनचाँदी ब्यवसायी संघ उर्लाबारी, मारवाडी युवा मञ्च उर्लाबारी र मारवाडी महिला मञ्च उर्लाबारीको संयुक्त आयोजनामा उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयमा भएको निःशुल्क आँखा शिविरमा बृहत सहभागीता रहेको लायन्स क्लव अफ उर्लाबारीका अध्यक्ष पवन अग्रवालले जानकारी दिनुभयो । उहाँले शिविरमा मोतिया बिन्दु लागेका ५८ जनाको पूर्ण निःशुल्क उपचार हुने जानकारी दिनुभयो । आँखामा मासु पलाएको ६ जनाको पनि निःशुल्क उपचारका लागि पहल भइरहेको उहाँले बताउनुभयो । २३ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो भने ७० वटा चश्मा निःशुल्क बाँडिएको थियो । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा उक्त आँखा शिविर संचालन भएको थियो १० वटा संस्थाहरू मिलेर अहिलेसम्मकै भव्य कार्यक्रम सम्पन्न गरिएको र आगामी दिनमा पनि ठूला कार्यक्रम यसरी नै गरिने जनाइएको छ ।























