उर्लाबारी । उर्लाबारी ९ खोप्पि डाँडास्थित भित्री सडक खण्डमा आईतबार बेलुका साढे ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राती सो सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउने क्रममा मे ९ प ५५७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दमक -१० का २२ वर्षिय चालक रोशन भट्टराई र मोटरसाईकल पछाडि सवार भएका अन्दाजी २२ वर्षिय धनराज रिजाल गम्भीर घाईते बनेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उनीहरु दुवै जनाको बाहिरी चोट नदेखिएता पनि अचेत अवस्थामा प्रहरीले तत्काल उद्वार गरी उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारको लागि पठाईएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार राती ९: १५ बजे रिजालको उपचारको क्रममा निधन भएको छ । यस्तै प्रहरीले अचेत अवस्थामा रहेका मोटरसाईकल चालक भट्टराईलाई झापास्थित बि.एण्ड.सी. अस्पतालमा रिफर गरि पठाईएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय