उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ८ र ९ गते ३६ औं चुनाबी साधारणसभामा महासचिब पदमा ३ जनाको चर्चा छ ।
महासचिब पदमा उर्लाबारीका युवा ब्यवसायी नुतन राई (पिके), पवन चौधरी र सम्झना खतिवडाको चर्चा भइरहेको हो । राईले महासचिबमा उम्मेद्वार घोषणा गरेपछि चौधरी र खतिवडालाई अघि सारिएको छ । नेकपा माओवादी केन्द्रले चौधरीलाई महासचिबको उम्मेद्वार बनाएको छ भने खतिवडालाई नेकपा एमालेले अघि सारेको छ । राई भने स्वतन्त्र महासचिबमा लड्दै हुनुहुन्छ । राई वर्तमान कार्यसमिति सदस्य हुनुहुन्छ भने चौधरी पूर्व सदस्य हुनुहुन्छ । खतिवडा गत निर्वाचनमा महासचिबमै पराजित बन्नुभएको थियो । नेपाली कांग्रेस समर्थक ब्यवसायीहरुको तर्फबाट पनि महासचिबमा उम्मेद्वारी रहने बताइएको छ । तर, औपचारिक रुपमा उम्मेद्वारको टुंगो लागेको छैन । महासचिब पदमा कसले बाजी मार्ला, त्यसै भन्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन् । महासचिबमा राईको चर्चा अधिक रहेको छ । उहाँले कार्यसमिति सदस्य हुँदा बेतिथिविरुद्धको भण्डाफोरका कारण पनि उद्योग तथा ब्यवसायीहरुले महासचिबमा राईलाई जिताउनु पर्ने धारणा राख्दै आएका छन् ।























