उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ निर्वाचन भदौं ८ र ९ गते हुँदैछ । निर्वाचनको मितितयसँगै चुनाबी सरगर्मी बढेको छ ।
संघको ३६ औँ चुनावी साधारणसभामा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएका उर्लाबारीका व्यवसायी विनोद न्यौपानेले उद्योगी तथा ब्यवसायीहरुसँग भेटघाट तीब्र बनाउनुभएको छ ।
न्यौपाने नाम व्यापारिक क्षेत्रमा मात्र नभई शैक्षिक, धार्मिक, खेलकुद एवम् सामाजिक क्षेत्रमा समेत परिचित रहेको छ । २०३३ सालमा दमक वडा नम्बर १० सानो बाह्रघरेमा जन्म भई २०५८ सालमा व्यपार गर्ने सिलसिलामा उर्लाबारीमा बसाइँ सरेर आउनुभएका न्यौपाने निरन्तर व्यापार क्षेत्रमा लागि परिरहनुभएको छ । उर्लाबारी– ५ चौककमा महालक्ष्मी मेसिनरी कन्सर्न सञ्चालन गरी हाल स्कुलडाँडा गुम्बा चौकमा महालक्ष्मी ईन्टरप्राईजेज समेत सञ्चालन गर्दै आउनुभएका न्यौपानेले २०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यता लिनुभएको थियो ।
सदस्यता लिएदेखि नै उहाँ उर्लाबारीको व्यापारिक गतिविधि चलायमान बनाउन र व्यापार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । विभिन्न समयमा उर्लाबारी उद्योग वाणिज्य संघको विभिन्न पदमा निर्वाचित भई कार्य अनुभव लिँदै आउनुभएका न्यौपाने हाल कानुनी सल्लाहकार समेत हुनुहुन्छ ।
पहिलो पटक उहाँ २०६६–०६८ मा उर्लाबारी संघको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभयो भने निर्वाचित भएसँगै उर्लाबारीको समग्र व्यापार वृद्धि गराउने र नयाँ व्यापारिक पसल तथा फर्महरु स्थापित गराई उर्लाबारीको व्यापार चलायमान गराउनेमा लागि पर्नुभयो । । यस्तै उहाँ २०६८–०७० मा महासचिव, २०७५–०७८ मा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको । संघका अलवा उहाँ अन्य सामाजिक संघसंस्थामा समेत उत्तिकै आवद्ध भएर सामाजिक गतिविधिमा समेत प्रत्यक्ष रुपमा संलग्न रहँदै आउनुभएको छ । सन् २०१५ मा उर्लाबारी जेसीजको अध्यक्ष भएर जेसीजलाई चलायमान बनाउँदै आउनुभएका न्यौपानेले आफ्नो कार्यकालमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । उहाँ आफ्नो कार्यकालमा उर्लाबारी जेसीजको भवन निर्माण गर्दाको सम्पूर्ण ऋण चुक्ता गराएर केहि रकम समेत संस्थाको खातामा बचत गराउन सफल बन्नुभयो ।
यस्तै, उहाँ सन् २०२३–०२४ मा रोटरी क्लब अफ उर्लाबारीको अध्यक्ष भई काम गर्नुभयो । यसका अलवा उहाँले शिक्षा क्षेत्रमा समेत उतिकै सकृय रहँदै आउनुभएको छ । समाजमा नयाँ छाप छोड्नको लागि २०६७ सालमा आफ्ना जीवितै मातापिताको नाममा एक छात्रवृत्र् िकोष स्थापना गरेर उहाँले दर्जनौँ विद्यार्थीहरुलाई छात्रवृत्र् िप्रदान गराउँदै आउनुभएको छ । उहाँले ‘खगेन्द्र पद्म रत्न छात्रवृत्र् िकोष’ स्थापना गरेर वार्षिक रुपमा करिव ५० हजार बराबरको छात्रवृत्र् िवितरण गर्दै आउनुभएको छ । यसका साथै विभिन्न धार्मिक, सामाजिक, स्वास्थ्य, खेलकुदलगायतका अन्य क्षेत्रमा समेत आर्थिक र भौतिक दुवै रुपमा सहयोग उपलब्ध गराउँदै आउनुभएका न्यौपाने यस पटक उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष बनेर उद्योगी तथा ब्यवसायीहरुको हकहितमा सक्रिय रहने लक्ष्यका साथ चुनाबी मैदानमा उत्रिनुभएको छ । दैनिक रुपमा व्यापारीहरुसँग भेटघाट, छलफल र समन्वय गर्दै आउनुभएका न्यौपानेले भन्नुभयो, ‘व्यवसायी साथीहरु सकारात्मक हुनुहुन्छ, यस पटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ संघको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु ।’ व्यवसायीहरुको हकहितको लागि कटिवद्ध भई लागि पर्दै आउनुभएका न्यौपाने संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरु पूरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको बताउनुहुन्छ । यस्तै उहाँले व्यापारीहरुलाई संघमा आवद्ध गराई उनीहरुको सुखदुःखमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने बताउँदै उहाँले सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुलाई साथ दिन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय