उर्लाबारी । गत २०८० कार्तिक २६ गते लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारी–७ मा ठूलो आगलागीको घटना भयो । आगलागीको घटना थाहा पाउनसाथ आगलागी नियन्त्रण गर्न खटिँदा उर्लाबारी–७ का तारामान सिरेङ आफैँ पीडित हुनुभयो । आफ्नो जीउज्यानको कुनै पर्वाह नगरी अर्काको जीउधन रक्षाका लागि निडर भएर खट्ने व्यवसायी हुनुहुन्छ, सिरेङ । उहाँ आगो निभाउन निडर भएर खटिएर अरुलाई बचाउन र थप क्षति हुन नदिन जोडतोडले लाग्नुभयो, त्यही समयमा आगोको लप्काले उहाँलाई पोल्यो । आगलागीमा परी गम्भिर घाइते हुनुभएका सिरेङ किर्तिपुर वर्न अस्पतालमा लामो उपचार पश्चात सिरेङमा घर फर्किनुभयो । मृत्युको मुखबाट फर्केर आम उर्लाबारीबासी र मूख्यतः उद्योगी तथा व्यवसायीका समस्या समाधानमा नेतृत्वमा बसेर खट्ने उहाँको प्रण र हुटहुटी छ । आखिर जिन्दगीको अन्तिम क्षण व्यहोरेको उहाँमा कुनै स्वार्थ छैन । केवल स्वार्थ एउटा मात्र छ, नेतृत्वमा पुगेर व्यवसायीहरुको हकहित, सुरक्षा गर्दै संघलाई नेतृत्वदायी र चलायमान बनाउनु । साना ठूला सबै खाले व्यवसायीको साझा थलो बनाएर काम गर्नु तारामानको अठोट देखिन्छ ।
प्रजातान्त्रिक समूहले यस पटक उहाँलाई नै अध्यक्ष पदको उम्मेद्वारमा अघि सारेपछि यतिबेला सिरेङ उद्योगी तथा ब्यवसायीहरुसँग भोट मागिरहनुभएको छ । सिरेङले संघको सदस्य, महासचिब हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
२०६१ सालदेखि संघमा आबद्ध भई ब्यापारीहरुको हकहितमा लागि पर्नुभएको सेरेङ उर्लाबारी जेसीज अध्यक्ष, उर्लाबारी ब्याटमिन्टन क्लबको संस्थापक अध्यक्ष, राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ को सञ्चालक समितिको सदस्यलगायत विभिन्न सामाजिक संस्थामा रहेर कार्य गरिसक्नुभएको छ । उर्लाबारीका उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझ्नु भएका सिरेङको उम्मेद्वारीले उर्लाबारीको व्यापारिक र पर्यटन क्षेत्रको विकाससँगै ब्यावसायीहरुको हकहितमा काम हुने अपेक्षा गरिएको छ । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले अध्यक्ष पदमा पराजित हुनुभएका सिरेङ यस पटक सबैको साथ र सहयोगले जित्ने दाउमा हुनुहुन्छ । साना, मझौला र ठूला व्यावसायीहरूको हकहितका लागि काम गर्ने अभिलासा राखेर सिरेङले व्यावसायिक क्षेत्रको केही गर्ने अठोटका साथ मृत्युको मुखबाट फर्केर उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय